हत्या गरेको आरोपमा तीन जना पक्राउ

प्रहर खबर
२० जेष्ठ २०७७, मंगलवार १२:१९

हेटौंडा – हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्र्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका– ५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उपमहानगरपालिका–२० का १९ बर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् ।

सुनसरीको ईटहरी उपमहानगरपालिका– २० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा प्रहरीले ईटहरी उपमहानगरपालिका–११ बाट तिनै जनालाई पक्राउ गरेको हो । जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएको थियो ।

बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार भएका थिए । घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बिपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.