मकवानपुरका फुटबलर अशोक बराललाई पत्नीशोक

प्रहर खबर
१८ असार २०७७, बिहीबार ११:०१

हेटौंडा – राष्ट्रिय फुटबल खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ । मनाङ मर्श्याङ्दी क्लबका गोलरक्षक बरालकी पत्नी कृष्टि बरालको आज बिहान काठमाडौंमा निधन भएको हो ।

ह्वाइट ब्लड सेलको कमिका कारण अस्वस्थ रहेकी कृष्टिना केही समयदेखि उपचाररत थिइन् । घरमै रहेकी कृष्टिनाको आज बिहान अचानक स्वास्थ्यमा समस्या आएसँगै निधन भएको अशोक बरालले जानकारी दिए ।

उनको पत्नीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कृष्टि र अशोकका एक छोरी छिन् ।