रामोसको गोलमा रियल ला लिगाको उपाधि नजिक

प्रहर संवाददाता
प्रहर संवाददाता
१९ असार २०७७, शुक्रबार ०८:३४

एजेन्सी – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई हराउर्दै उपाधितर्फ अघि बढेको छ । गएराति घरेलु मैदानमा रियलले गेटाफेलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

Image

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको जितका लागि कप्तान सर्जियो रामोसले पेनाल्टीमा गरेको गोल निर्णयक बन्यो। उनले खेलको ७९ औं मिनेटमा मार्फत गोल गरेका थिए ।

Image

जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ । कोरोना महामारीपछि भएको खेलमा ६ खेल खेल्दा बार्सिलोनाले ३ मा जित र ३ मा बराबरी खेलेको छ । रियल मड्रिडले भने सबैमा खोलमा जित निकाल्न सफल भएको छ । रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।

Image

लिगमा अब ५ खेल मात्रै बाँकी छन् । उपाधि दौडमा रहेको साविक विजेता बार्सिलोनालाई ४ अंकले पछि पारेपछि अप्रतयासित नतिजा नआए रियलले उपाधि हात पार्ने पक्कापक्की भएको छ।

लिगमा असअधि शीर्ष स्थानमा रहेका बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ । पछिल्ला दुई खेलमा बार्सिलोना बराबरीमा रोकिँदा उपाधि होडमा पछि परेको हो।

Image

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ को बराबरीमै राकियो । त्यसअघिको खेलमा पनि बार्सिलाना सेल्टाभिगोसँग २–२ को बराबरीमै रोकिएको थियो।

अर्को चरणमा बार्सिलोनाले भिल्लारियलको मैदानमा खेल्नेछ । शीर्षस्थानको रियल म्याड्रिडले एथलेटिक बिल्बाओको सामना गर्नेछ ।

Image