लुटपाट गरेर भाग्दा भाग्दै तीनजना पक्राउ

प्रहर खबर
२४ असार २०७७, बुधबार १३:३३

काठमाडौं – लुटपाट गरेर भाग्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ शेषमती पुल क्षेत्रबाट लुटपाट गरेर भाग्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्री, तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ५० वर्षीय पुरुष रहेका छन् । उनीहरुले नगद ५ हजार १२५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालाजु माछापोखरीबाट घर जाने क्रममा ती पुरुषको साथबाट उक्त नगद तथा मोबाइल लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।