नेपालमा थप २ सय ५५ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ७७ सय नाघ्यो

प्रहर खबर
२४ असार २०७७, बुधबार १७:१८

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाकारी दिएको छ ।

मंगलवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा थप २ सय ५५ जनामा नयाँ संक्रमण पुष्टि भएको बताएका हुन् ।यससँगै नेपालमा जम्मा १६ हजार ४ सय २३ मा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६६ हजार ४ सय ५७ वटा पीसीआर परीक्षण भएका छन् ।हाल २५ हजार ४० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म ३५ जनाको मृत्यु भएको छ । हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।