विश्व वरियतामा १० औँ स्थानका अनिससंग नेपाली चेस खेलाडीहरु प्रतिष्पर्धा गर्दै

प्रहर खबर
२४ असार २०७७, बुधबार १७:५५

हेटौंडा – नेपालका बुद्धिचाल (चेस) खोलाडीले विश्वका वरियतामा उत्कृष्ट १० औँ स्थानमा रहेका खेलाडीसँग प्रतिष्पर्धा गर्न पाउने भएका छन् । नेपालका उत्कृष्ठ १५ जना खेलाडीले बिश्व बरियतामा १० औस्थान भित्रका अनिस गिरीसंग खेल्ने भएका छन् । नेपाल बुद्धिचाल संघले आगामी श्रावण १ गते बेलुका ७ बजे अनलाइनमार्फत् प्रतियोगिताको आयोजना गर्नेे भएको छ ।

अनलाईनबाट हुने खेलमा नेपाली मुलका नेदरल्याण्ड निबासी खेलाडी अनिस गिरीसंग नेपालका उत्कृष्ट १५ जना खोलाडीले खेल्ने मौका पाउने भएका छन् । नेपाली चेस खेलाडीहरुले अनिलसंग प्रतिस्पर्धा गर्न पाउनु भनेको अवसरका रुपमा हेरेका छन् ।

संघका सचिव धरम लामाले नेपाली खेलाडीको क्षमता विकास गर्ने उदेश्य सहित यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । अनिससँग प्रतिस्पर्धा गर्ने नेपाली चेस खेलाडी छनोटको तयारी अन्तिम चरणमा पुगेको लामाले बताए । खेल अनिल गिरीको युट्युब च्यानलमार्फत् लाईभ हेर्न सकिने छ ।

Image may contain: 2 people, people sitting, chess and outdoor

अनिस गिरी नेपाली भएता पनि उनी नेदरल्याण्डको पीआर प्राप्त बासिन्दा हुन । उनका बाबु संजय गिरी लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएको र उनकी आमा भने रसियन हुन् । अनिलले सन् २०१६ मा विश्व बरियतामा तेस्रो स्थान हासिल गरेका थिए, भने २०२० मा अन्तर्राष्ट्रिय बुद्धिचाल संघले गरेको बरियतामा ७ औं स्थान तल झर्दै १० स्थानमा पुगेका छन् । उनी नेपाली मुलका भएपनि नेदरल्याण्डबाट प्रतिनिधित्व गर्दै खेलिरहेका छन् ।