अनलाईनमार्फत् राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै

प्रहर खबर
२४ असार २०७७, बुधबार १८:२५

हेटौंडा – नेपाल बुद्धिचाल संघले राष्ट्रिय अनलाईन बुद्धिचाल (चेस) प्रतियोगिता संचालन गरिरहेको छ । प्रतियोगिता महिला र खुल्ला दुबै बिभिन्न उमेर समूहको आधारमा प्रतियोगिता भइरहेको छ । उमेर समुह अनुसार फरक–फरक मितिमा प्रतियोगिता गरिएको संघका सचिव लामाले जानकारी दिएका छन् ।

लामाका अनुसार यु–२० उमेर समुहको महिला–खुल्ला दुबैको उपाधी टुङ्गो लागि सकेको छ । महिलातर्फ अनिशा न्यौपाने र खुल्लातर्फ युवराज पौडेलले हात पारेका छन् । त्यस्तै खुल्ला ५० बर्ष भन्दामाथि उमेर समूहको पनि उपाधि टुङ्गो लागि सकेको छ । उपाधि कास्कीका रामबहादुर क्षेत्रीले हात पारेका छन् ।

अब जुलाई १० तारिख यु–१८ महिला, ११ तारिखमा यु–१८ खुल्ला, १७ तारिख यु–१६ महिला १८तारिख यु–१६ खुल्ला, २४ तारिख यु–१४ महिला २५ तारिख यु–१४ खुल्ला, ३१ तारिख यु–१२ महिला अगस्ट १ तारिख यु–१२ खुल्ला, ७ तारिख यु–१० महिला ८ तारिख यु–१० खुल्ला र १४ तारिख यु–८ महिला १५ तारिख यु–८ खुल्ला प्रतियोगिता हुनेछ।

प्रतियोगितामा उमेर समूहको आधारमा प्रथम हुनेले तीन हजार, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार र एक हजार नगद सहित प्रमाण प्राप्त गर्ने छन् । प्रतियोगिताको १५ उमेर समुहमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीको कुल पुरस्कार लागि ९० हजार खर्च हुने संघका सचिव लामाले बताए ।

यस्तो छ खेल तालिका

Image may contain: one or more people and text