हेटौंडा २ मा संचालनमा आयो रसाइली सुनचाँदी पसल

प्रहर खबर
२४ असार २०७७, बुधबार १९:२८

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २ पुरानो मकवानपुर रोडमा आजबाट रसाइली सुन चाँदी पसल संचालनमा आएको छ । सुनका बिभिन्न प्रकारका गरगहना सहित चाँदीका समेत बिभिन्न गरहगनाहरु सहज र नेपाल सुनचाँदी ब्यवसायी महासंघले निर्धारण गरेको दररेटमा नै सुनचाँदीको खरिद बिक्री गराउने उद्देश्यले आजबाट रसाइली सुनचाँदी पसल संचालनमा ल्याइएको रसाइल सुनचाँदी पसलका संचालक राजु रसाइलीले जानकारी दिनुभयो ।

बिश्व बजारमा नै सुनको मुल्यमा उच्च बृद्धि भएपनि ठूलै जोखिम मोलेर आफूले पसल संचालनमा ल्याएको पनि संचालक रसाइलीले जानकारी दिनुभयो । यसैबीच सुनको भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो ९० हजार नौ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। आज ९१ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।