मकवानपुरमा थप एक युवामा कोरोना पुष्टि

प्रहर खबर
२४ असार २०७७, बुधबार १९:४४

हेटौंडा – मकवानपुरमा थप एक जना कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ ।

हेटौडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसिआर परिक्षणमा ३३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईका अनुसार संक्रमित पुरुष थाहा नगरपालिका वडा नं.१० बिसिङखेलका रहेका छन् । साउदी अरबबाट नेपाल आएका संक्रमित पुरुष थाहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

काठमाण्डौ बसुन्धरामा रहेको पानस होटेलको होल्डिङ सेन्टरबाट पाँच दिन अगाडी मात्रै एम्बुलेन्समा थाहा नगर आएका थिए । उनीसंगै स्वाब संकलन गरि परिक्षण गरिएका अन्य तीन जनाको भने रिर्पोट नेगेटिभ आएको छ ।

ती संक्रमितलाई हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डमा ल्याउँदै गरेको चौलागाईले बताए । सहित थाहा नगरमा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ ।