अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको खतरा

प्रहर खबर
७ श्रावण २०७७, बुधबार १३:४९

वासिङ्टन – संयुक्तराज्य अमेरिकामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन ।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।