राखेप सदस्यसचिवमा तीनजना सिफारिस

प्रहर खबर
७ श्रावण २०७७, बुधबार १९:५६

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि आवेदन दिएका २७ जनामध्ये बाट तीन जनाको नाम अन्तिम चरणमा छनोट भएको छ। निवर्तमान सदस्यसचिव रमेश सिलवाल सँगै लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम अन्तिम तीनमा परेको हो।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए।

असार १८ गतेबाट नयाँ ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफरिस समिति बनाएको थियो।

मन्त्रीपरिषदमा पेश गरेको तीन नामबाट एक सदस्य सचिव हुनेछन्। त्यसरी मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।

खेलकुद विकास ऐन २०७७ लागू भएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्यसचिवको पद रिक्त भएको थियो । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवको नियुक्ति गर्नेछ ।