नेयमारको निर्णयक गोलमा पिएसजीले जित्यो फ्रेन्च कपको उपाधि

प्रहर खबर
१० श्रावण २०७७, शनिबार ०९:२८

एजेन्सी – पेरिस सेन्ट जर्मन (पीएसजी) फुटबल क्लब फ्रेन्च कप च्याम्पियन बनेको छ । गएराति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो । यससंगै पिएसजीले १३औं फ्रेन्च कपको उपाधि जितेको छ ।

Image

पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४औं मिनेटमा गरेको उक्त गोल खेलकै निर्णायक सावित बन्यो । उपाधि भिडन्तमा इटियेन खेलको ३१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

Image

पीएसजीका लोइनले रातो कार्ड बेहोरेका थिए । पिएसजीका क्लियन एमबाप्पेमाथि खराब ट्याकल गरेपछि उनलाई सोझै रातो कार्ड देखाइएको थियो । ट्याकलका सिकार एमबाप्पेले चोटग्रस्त हुँदै मैदान छाडेका थिए । खेलपछि एम्बाप्पे बैशाखीको सहारामा प्लेयर बक्समा देखिएका थिए ।

Image may contain: 2 people, people standing and outdoor

८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा ५ हजार दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो । तर मात्र २८ सय ५ जना दर्शक रंगशाला आएका थिए ।कोरोना भाइरसको महामारीका कारण अप्रिलयता लगभग विश्वभरका फुटबल गतिविधि ठप्प थिए । त्यसयता पहिलो पल्ट फ्रान्समा दर्शकसहित फुटबल खेलाइएको हो ।

Image