सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् तोलाको कति पुग्यो ?

प्रहर खबर
१५ श्रावण २०७७, बिहीबार १०:४९

काठमाडौं – बिहिवार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।