जन्मदिनको अवसर पारेर मिस्टर डी ले सार्वजनिक गरे “बन्दै छ नेपाल २”(भिडियोसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१५ श्रावण २०७७, बिहीबार ११:५२

हेटौंडा – नेपालका चर्चित ¥याप गायक (मिस्टर डी) सन्दिप बिष्टले “बन्दै छ नेपाल २” हालै सार्वजनिक गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर “कल्ले भन्यो तलाई” बोलको गीत मिस्टर डिको अफिसियल युट्य्ब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सुरज दाहालको निर्देशनमा तयार भएको “बन्दै छ नेपाल २” गीतको कन्सेप्ट मिस्टर डी र सुरज दाहालकै रहेको छ । गीतको भिडियोमा मिस्टर डी नै मुख्य भुमिकामा रहेका छने भने सौरभ तामाङले छायांकन र सम्पादन गरेका हुन् ।

नेपालमा घटिरहेका बिक्रती, बिसंगती, भ्रष्टाचार, राजनिती लगायतका घटनालाई मेटर गित तयार पारेको देख्न सकिन्छ । हेर्नुहोस पुरा भिडियो