अनलाइन चेस ओलम्पियाड शुरु, नेपालको शुखद शुरुवात(अङ्क तालिकासहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १८:२५

हेटौंडा – फिडे अनलाइन बुद्धिचाल(चेस) ओलम्पियाड प्रतियोगिता आजबाट शुरु भएको छ । समुह ए मा रहेको प्रतियोगिताको पहिलो दिन नेपालले शुखद शुरुवात गरेको छ ।

शुक्रबार (आज) भएको प्रतिस्पर्धामा नेपालले दुई देशमाथि सहज जित निकाल्दै एक देशसंग बराबरी खेल्दै शुखद शुरुवात गरेको हो । अनलाइन चेस ओलम्प्याडमा प्रतियोगिताको डिभिजन ४ मा रहेको नेपालले खेलेको तीन खेलमा तान्जानिया र बहराइन माथि जित निकाल्दा माल्दिभ्ससँग बराबरी खेलेको हो ।

दुई खेलमा जित र एक खेलमा बराबरी नतिजा निकालेको नेपाल समुहको ५ अङ्क हासिल गरि तेस्रो स्थानमा रहन सफल भएको छ । नेपालले भोलि १७ र १८ गते थाइल्याण्ड, चाइनिज ताईपेइ, ब्रुनाई, म्यान्मार र केन्यासंग प्रतिस्पर्धा गर्ने छ ।

१० राष्ट्रहरू रहेको समुह ए को पहिलो स्थानमा थाइल्याण्ड र दोस्रो स्थानमा हङकङ रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेपाल रहेको छ भने केन्या, माल्दिभ्स, चाइनिज ताईपेइ, ब्रुनाई, म्यान्मार बहराइन र तान्जानिया क्रमशः रहेका छन् । ९ खेल खेली उत्कृष्ट रहने ३ देशहरु अर्को चरणको लागि छनौट हुने छन् । छनोट भएका तीन राष्ट्रले डिभिजन थ्री मा प्रतिस्पर्धा गर्न पाउने छन्।

यस्ते छ अंक तालिका

No description available.

उक्त प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय बुद्धिचाल च्याम्पियन सुरबीर लामाको कप्तानीमा १३ सदस्यीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालका २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि बर्तमान बिजेता पुरुषोत्तम चौलागाई(फिडे मास्टर) र उपविजेता मनिष हमाल, छैठौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता सुजना लोहनी(फिडे मास्टर) र उपविजेता सिन्दिरा जोशी रहेका छन् ।

त्यस्तै उच्च वरियताका खेलाडी विवेक थिङ्ग(क्याडिडेट मास्टर) र रुपेश जैसवाल(फिडे मास्टर) छनोट भएका छन् भने महिला तर्फ उच्च वरीयताका रन्जु भट्ट र शान्ति धिमाल छनोट भएका छन् । साथै ,२० बर्षसम्मको उमेर समूहका अनलाइन राष्ट्रिय बिजेता युवराज पौडेल, सोही उमेर समुहकी महिला अनलाइन राष्ट्रिय बिजेता अनिषा न्यौपान,२० वर्ष उमेर समूहका उच्च वरियतामा रहेका निकेन कुसथ, महिला तर्फका स्नेहा यादव रहेका छन् ।

छनोट भएका मध्ये तीन महिला र तीन पुरुष जम्मा छ जनाले मात्रै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु सबै खेलाडीको नेतृत्व नेपालका पूर्व राष्ट्रिय बुद्धिचाल च्याम्पियन सुरबीर लामाले गरिरहेको नेपाल बुद्धिचाल संघका सचिव धरम लामाले जानकारी दिए ।

बिश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाट भइरहेको प्रतियोगिता अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगित इतिहासमै पहिलो पटक गरिएको हो । उक्त प्रतियोगितामा १६३ देशको सहभागित रहेको छ ।