हत्यामा संलग्न रहेको अभियोगमा मैनाली पक्राउ

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार १९:५०


ललितपुर – महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका–११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।