मुख्यमन्त्री पौडेलद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीको सपथग्रहण

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार २०:१६

हेटौंडा – बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको नियुक्ती संगै सपथग्रहण गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि डाक्टर जोशीलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका हुुन् ।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दावी गरे । प्रतिष्ठानको कार्य अव तिव्रगतिमा अघि वढने समेत बताए । उनले उपकुलपतिको योग्यता र क्षमता हेरेर प्रदेशमा ल्याएको जानकारी दिए । बागमति प्रदेशमा अरु प्रदेशमा भन्दा सबै हिसावले उत्कृष्ट रहेको र महत्वपुर्ण काम गर्दा मकवानपुरको लागि मात्रै नभई प्रदेशको लागि नै गरेको मुख्यमन्त्री पौडेलले बताए ।

हेटौंडा अस्पताल अव ३ सय वेडका हुने जानकारी दिदै मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्लामा रहेका अस्पताललाई प्रतिष्ठान भित्र ल्याउने बताए । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा संचालित कार्यक्रममा नवनियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानका वारेमा अवधारणापत्र प्रस्तुत गरे । कार्यक्रममा जोशीले आफुले पाएको जिम्मेवारी अनुसार काम गरेर देखाउने बताए ।

प्रदेशको सामाजिक विकास मनत्रालयको आयोजनामा गरिएको उपकुलपतिको सपथग्रहण तथा अन्तरक्रिया कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, नेपाली काँग्रेसका सभापति एव प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बाँनिया, प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विके, प्रदेशसभाका सदस्यहरु, बिभीन्न मन्त्रालयका सचिब तथा प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।