मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार २०:३९

हेटौंडा – मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा ४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित राईटोलमा बस्ने ६८ वर्षिय पदम दोङ रहेका छन् ।

डेरामा मयुरीको ब्याट्रि चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका दोङको चुरेहिल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

शव परिक्षण पश्चात आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव आफन्तलाई जिम्मा लगाईएको प्रबक्ता रानाले बताए ।