लागुऔषध गाँजा बिक्री बितरण गर्ने दुई जना पक्राउ

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार २१:१०

हेटौंडा – नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय बर्ममोहन यादव र पथरी शनिश्चरे नगरपालिका–४ का १८ बर्षीय दिनेश धिमाल रहेका छन् । यादवले लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले यादवको घरबाट १ केजी गाँजा र नगद ८ हजार १५० बरामद गरेको हो ।

दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।