गाडीमा लागुऔषध लुकाएर ल्याउने हेटौंडाका नेपाल प्रहरीको फन्दामा

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार २१:३३

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ बस्ने ३० बर्षिय को सुरेश नेपाल रहेका छन् ।

पथलैयाबाटहेटौडातर्फ आउदै गरेको ग १ च २८१७ नं. को भुसा लोड गरी आएको पिकअप गाडीलाईरोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालककोसिट मुनी कालो पोलिथिन झोला भित्र लुकाई ल्याउँदै गर्दा उनलाई हेटौडा उपमहानगरपालिका वडा नं.१५ लच्काबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको साथबाट डाईजेपाम १९३ एम्पुल, नुफिन २०३ ऐम्पुल र फेनारगन १८५ एम्पुल लागु औषध बरामद गरिएको छ । नेपाललाई नियन्त्रणमा लिई लागु औषध मुद्दा शिर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।