घुस दिन खेज्ने चाकलहरु धमाधम पक्राउ गर्दै मकवानपुर प्रहरी, थप चार जना पक्राउ

प्रहर खबर
१६ श्रावण २०७७, शुक्रबार २२:२०

हेटौंडा – मकवानपुरको हेटौंडा– १९ नेवारपानी र हेटौंडा– ८ पशुपतीनगरस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्ब्यवहार गरेको अभियोगमा चार जना चालक पक्राउ परेका छन्।

सुरक्षा मापदण्ड विपरित भैसी लोड गरी ल्याउने ना ८ ख २४२२ नम्बरको डिब्बा गाडीको चालक मकवानपुरगढी गाउँपालिका वडा नं. ४ बस्ने २६ बर्षिय जितेन्द्र विष्ट, ना ६ ख१५४३ नम्बरको ट्रकको चालक रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ०६ बस्ने २० बर्षिय सुमन मगर, प्रदेश नं.२–०३००१ ख १४८७ नम्बरको ट्रकको चालक चन्द्रपुर नगरपालिका वडा नं ०४ बस्ने वर्ष २६ को रामजन राई, को १ ख ७३०९ नम्बरको मिनिट्रकको चालक सिराहा गोलबजार नगरपालिका वडा नं ८ बस्ने २० बर्षिय नौसाद मिक्रानलाई पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

सुरक्षा मापदण्ड विपरीत राँगा,भैसी लोड गरी ल्याउदै गरेका चालकहरुले माडिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्न खोजेको प्रबक्ता रानाले बताए ।

यसअघि मकवानपुरका विभिन्न स्थानबाट प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने सवारी चालक र सहचालक गरी १५ जनालाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

२० वटा सवारी साधनका चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।