मानव अधिकारका लागि एकल महिला समूहको अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः पौडेन चयन

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ श्रावण २०७७, शनिबार १९:४७

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाकाी उपमेयर मीना कुमारी लामाले महिलाहरु अझैपनि प्रताडित रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुर जिल्लाको प्रथम जिल्ला अधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै उहाँले समाजका महिलाहरु अझैपनि पीडित रहेको बताउनुभयो । आफू स्वयम् पनि पीडित रहेको र सबैको भाग पु¥याएर मात्रै आफूले पनि लिने गरेको बताउनुभयो । उहाँले एकल महिलाहरु अब रोएर बसेर नभइ आत्मनिर्भर हुने तर्फ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।महिला आत्मनिर्भर भए कसैले पनि हेप्न नसक्ने उहाँको तर्क रहेको छ ।

मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह बागमती प्रदेशकी संयोजक बिष्णु पाँण्डे, हेटौंडा उपमहानगरपालिककाकी महिला तथा बालबालिका शाखाकी प्रमुख बिष्ण्ुा लामिछाने,वडा नम्बर ११ की सदस्य जुना दाहाल,अधिवक्ता अप्सरा बस्नेत,सल्लाहकार निलम देवकोटा लगायतले आफ्ना धारणा राख्नु भएको थियो । समूहकी सचिव शारदा चौलागाइको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत समूहकी उपाध्यक्ष शान्ता बिश्वकर्माले गर्नुभएको थियो ।

यसैबीच अधिवेशनले पुनः टीका कुमारी पौडेलको अध्यक्षतामा नौं सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ता बिक,महासचिवमा शारादा चौलागाइ,सचिवमा सुनिता पराजुली तथा कोषाध्यक्षमा निर्मला पौडेल चयन हुनु भएको छ । यसरी नै सदस्यहरुमा खोपकुमारी लामिछाने,कमला थिंग,अष्टमाया श्रेष्ठ,दुर्गा अर्याल सहित आमन्त्रित सदस्यमा जुनकिरी पुडासैनी चयन हुनु भएको छ ।