पत्रकार खनाल सम्मानित

प्रहर खबर
१७ श्रावण २०७७, शनिबार २०:०५

हेटौंडा – मकवानपुरका पत्रकार कृष्णउदास खनाल सम्मानित हुनु भएको छ ।

एकल महिलाहरुको अधिकार स्थापनाका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संचारमाध्याम मार्फत एकल महिलाहरुको आवाज बुलन्द गरेको भन्दै कृष्णउदास खनाललाई मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले सम्मानित गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि एवम् हेर्टौंडा उपमहनागरपालिकाकी उपमेयर मीनाकुमारी लामा र मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेल संयुक्त रुपमा खनाललाई कदर पत्र सहित सम्मान गर्नुभएको हो ।

कार्यक्रममै जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेत पनि सम्मानित हुनु भएको छ । उहाँलाई पनि लामा र पौडेले संयुक्त रुपमा कदरपत्र सहित सम्मानित गर्नुभएको हो । खनालले एकल महिला सुभर्दा दर्नालको घर समाचार लेखेरकै कारण बनाइ दिनुभएको थियो भने अब एकल महिला लक्ष्मी घिमिरेको घर बनाउने तयारीमा जुट्दै रहनु भएको छ ।