खोलाले बगाउँदा पराजुलीको ज्यान गयो

प्रहर खबर
१७ श्रावण २०७७, शनिबार २०:१८

हेटौंडा – खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुली रहेका छन् ।

दिउँसो साँढे १२ बजेको समयमा स्थानिय टाङटिङ खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।