मकवानपुरमा थप एक जनामा कोरोना पुष्टि

प्रहर खबर
२० श्रावण २०७७, मंगलवार १३:५८

हेटौंडा – मकवानपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईको अनुसार थाहा नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बस्दै आएका बीरगंज महानगरपालिका वडा नं.२३ का युवकमाकोरोना संक्रमण पुस्टि भएको हो । उनमा संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याउने तयारि भइरहेको चौलागाईले बताए।