कोरोनाको कहर : थलिए मकवानपुरका होटलहरु

प्रहर संवाददाता
प्रहर संवाददाता
२० श्रावण २०७७, मंगलवार १७:१९

हेटौंडा । मकवानपुरमा रहेका होटल ब्यवसायले सरकारले कोरोनाका त्रासका काण लकडाउन गरेपछि यो अवधमा ब्यापक घाटा ब्यहोर्न परेको बताएका छन् ।

सरकारले गरेको करिब सांढे तीन महिनाको लकडाउनका कारण होटल क्षेत्र नराम्रोसँग प्रभावित भएको मकवानपुरका होटल ब्यवसायीहरुले बताएका छन् । चैत ११ गतेबाट साउन १ ५ गतेसम्म बन्द अवस्थामा रहेका यहाँका होटल,रेष्टुरेन्ट तथा बारहरु बिस्तारै तग्रने प्रयासमा रहेपछि ग्राहक अभावका कारण अहलिे पनि आफूहरुले ब्यापक क्षति ब्यहोर्न परेको मकवानपुर होटल एसोशिएन संघका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले मकवानपुरमा रहेका एक सय ९० वटा होटलहरु लकडाउन र कोरोनाका कारण थलामा परेको बताउनुभयो । बैंकहरुले होटल संचालनका लागि लिएको ब्याज तथा कर्जामा केही छुट दिएपनि घरभाडा,पानी बिजुली लगायतको समस्या भने कामयै रहेको बताउनुभयो ।

सररकारले साउन १५ बाट होलहरु संचालन गर्न अनुमति दिएपनि मकवानपुरका होटलहरु सुनसान रहेका छन् । बढी ग्राहक बनेर आउने बारा र पर्सा क्षेत्रमा कोरोनाको महामारी कायमै रहेको र ती जिल्लाहरुमा लकडाउन रहेका कारण पनि अहलिे मकवानपुर क्षेत्रका सबै होटलहरु सुनसान रहेको ब्यवसायीहरुले बताएका छन् । उनीहरुले होटल ब्यवसाय पहिलाको जस्तो अवस्थामा आउन अझै धेरै समय लाग्नेछ ।