मकवानपुरमा थप तीन जनामा कोरोना पुष्टि

प्रहर खबर
२० श्रावण २०७७, मंगलवार २१:१८

हेटौंडा – मकवानपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जना पुरुष र एक जना महिला कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईको अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का एक जना पुरुष र एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै थाहा नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बस्दै आएका बीरगंज महानगरपालिका वडा नं.२३ का २० वर्षीय युवकमाकोरोना संक्रमण थियो ।

संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र तीनै जनालाई हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याउने तयारि भइरहेको चौलागाईले बताए।