हेटौंडामा सेफ्टी टयाङ्कीमा डुबेर एक युवकको ज्यान गयो

प्रहर खबर
२० श्रावण २०७७, मंगलवार २१:२६

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा एक युवकको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २२ बर्षिय दिपक न्यौपाने रहेका छन् ।

आईतबार बेलुका ५ बजे चर्पिको सेफ्टी टयाङ्कीमा खसेको मोवाइलमा झिक्ने क्रममा डुबेर न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता इन्द्र बहादुर रानाले बताए । मृतक न्यौपानेको हेटौंडा अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता रानाले जानकारी दिए ।