नेपालमा थप ३८१ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६० पुग्यो

प्रहर खबर
२१ श्रावण २०७७, बुधबार १६:३७

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।

यससँगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । पहिलो २४ घण्टामा १३१ जना उचारपछि कोरोना मुक्त भएका छन् । हालसम्म १५ हजार १५६ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन्। 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप दुई जनाको छ ।वीरगन्ज १५ का ४६ वर्षीय पुरुष र पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवती कोरोनाको कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताए । यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६० पुगेको छ।

खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएका छन् ।