चार नेपाली महिलालाई भारतमा बन्धक बनाउने लामा पक्राउ

प्रहर खबर
२१ श्रावण २०७७, बुधबार १८:४६

काठमाडौं – चार नेपाली महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाईदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङ रहेका छन् ।

लामाले ती महिलालाई २०७३ साल चैतमा बीरगन्ज नाका हुदै दिल्लीको उत्तरपुरमा बन्धक बनाई राखेको खवर पाएपछि दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर माईती नेपालको जिम्मा लगाएको थियो । ती महिलाहरु उदयपुर, झापा र सिन्धुपाल्चोक रहेका छन् ।

माईती नेपालले मनेमरामर्श गरी उनीहरुलाई आफन्तको जिम्मा लगाएकोमा प्रहरीले लामाको खोजीलाई तीव्र बनाएको थियो । मानव बेचबिखन ब्युरोले लामालाई मावन बेचबिखन ऐन अन्तर्गत कारवाही अगाडि बढाएको छ ।