
मकवानपुरमा नग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा – मकवानपुरमा सोमबार बिहान नग्न अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नं.५ लिला वन स्थित बागमती नदी किनारमा पानीमा डुबेको अवस्थामा अन्दाजि ३०/३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनास्थलमा पुगी कानुनी प्रक्रिया पुरा गरि शवलाई परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत शबलाई हेटौडा अस्पतालको शब गृहमा राखिएको छ ।
मकवानपुर प्रहरीका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । महिलाको हुलिया अनुहार चेप्टो, वर्ण गहुँगोरो, मंगोलियन जस्तो देखिने, उचाई ५ फिट ४ ईन्च रहेको छ ।
मृतकलाई चिन्नुहुने जो कोहीले पैसा नलाग्ने नम्वर १००, तथा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोवाइल नं.९८५५०९०१५० मा सम्पर्क गर्न हुन तथा निज मृतकको आफन्तलाई जानकारी गराई सहयोग गर्नहुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।