कोरोना र ई–मुख

दिपक ढकाल
११ भाद्र २०७७, बिहीबार १८:१५

प्रविधिले सम्पन्न विश्वजगत अहिले प्रकृतिबाट सिर्जित (कोभिड–१९) कोरोना भाईरससँग नतमस्तक छ । कैयौं ठूला आविष्कार र खोजमा तल्लीन बौद्धिक जगत एवम् संगठन आजकल आकुल–ब्याकुल भएका छन् । प्रकृतिले प्रत्यक्ष र निरन्तर मानव सभ्यतामाथि चुनौती दिईरहेको छ । लाग्छ, हरेक मानिसलाई आफ्नो बानी व्यवहार र सामाजिक जीवनयापनको ढाँचा परिवर्तन गरेर सुशील र सम्यम रहन हरेक कोणबाट सिकाई रहेको छ । कुनैपनि मानिस र समुदाय प्रकृतिको बहावबाट अलग रहन सक्दैन भन्ने महामारीको प्रकोपले निरन्तर सन्देश दिईरहेको छ ।

यान्त्रीक विकासले सूचना प्रवाहमा सहजता आउँदा सामाजिक दूरी कम भएको महसुस भएपनि कोरोना महामारीको प्रकोपले मानिसहरूको भौतिक दूरी बढेको छ । सामान्य जीवनयापनभन्दा फरक कम चहलपहलमा सीमित दायराभित्र संकुचित हुनुपरेको छ । कुण्ठा, चिन्ता र तनावले मानसपटल सल्बलाइरहेका छन । अझै विशेषतः व्यवसायिक क्षेत्र, त्यसमा पनि निजी क्षेत्र कोरोना भाईरसबाट उब्जिएको प्रतिकूल परिस्थितिले संकटग्रस्त छ । त्यसमा आश्रित मानिसहरु अझै विचलित भइरहेका छन् । प्रभाव बहुआयामिक र दीर्घकालीन रूपले परिरहेका देखिन्छन् ।

हुन त हरेक प्रतिकुलताले सकारात्मक र नकारात्मक दुवै पक्षहरु प्रतिपादन गरिरहेका हुन्छन्, । त्यसैगरी कोरोना भाइरसको महामारीबाट बनेको विषम परिस्थितिले जति चुनौतीहरु सिर्जना गरिरहेका छन् यति नै अवसरहरु पनि प्रतिपादन भईरहेका देखिन्छन् । व्यवसायिक क्षेत्रमा उत्पादक या बिक्रेताले आफ्ना उत्पादनहरूको प्रवद्र्धन गर्न प्राकृतिक मुखको शब्द ९ध्यचमक या ःयगतज० द्वारा जानकारीहरु प्रवाह गरी क्रेतालाई प्रभावित गर्दछ । यो अत्यन्त परम्परागत शैली हो । जसको उपयोग र लोकप्रियता उत्तिकै छ ।

No description available.

सन् १९२० भन्दा अगाडि बजारशास्त्रको उत्पादन धारणा आएदेखि नै यसको उपयोगिता बढ्दै गएपनि दोस्रो विश्वयुद्धपछि यसको प्रयोग ह्वात्तै बढेको देखिन्छ । प्रोफेसर काट्जले सन् १९६६ मा प्रभावकारी बजारीकरणमा यसको महत्वको मोडलहरुका प्रभावकारिता उजागर गरेपछि व्यवसायिक क्षेत्रले यसलाई महत्वपूर्ण रूपबाट हेरेको पाइन्छ ।

अर्कोतिर हामी, हाम्रो समाजमा व्यक्तिगतरुपमा फलानो डाक्टर सारै राम्रो छ । ढिस्कानो पसलमा सामान सस्तो पाइन्छ । सामान पनि उत्तिकै राम्रो छ जस्ता कुराहरु एकअर्कालाई भनिरहेका हुन्छौं । व्यक्तिगत रुपबाट यसरी प्रवाह हुने मुखको शब्दले ठूलो प्रभाव पार्छ । सामाजिक परिवेशमा पनि सँगै बसेर, भेटेर आपसी कुराकानीबाट सूचना प्रवाह गर्ने चलन सामान्य नै हो । यो केवल मानिस–मानिसबीच हुने बहुप्रचलित सूचना प्रणाली हो ।

आजको समयमा मुखको शब्दद्वारा सूचना प्रवाह गर्ने कार्यलाई विद्युतीय मुखको शब्द ९भ्भिअचयलष्अ ध्यचमक या ःयगतज० ले प्रतिस्थापन गरिरहेको देखिन्छ । सूचना प्रविधिको तिव्र विकास र इन्टरनेटको उपयोगसँगै विद्युतीय मुखको शब्द (ई–मुख) को प्रयोग र उपयोगिता दिन प्रतिदिन बढिरहेको छ । साथै मानिसहरूको बढ्दो व्यस्तता, सूचनामा सहजता, समयको महत्व, बिक्रेताका गतिविधिहरु, सूचना प्रदान गर्नेका रणनीतिहरु जस्ताले अझै ई–मुखको उपयोगमा वृद्धि गरिरहेको छ ।

उत्पादक अर्थात् सूचना प्रवाह गर्ने व्यक्ति वा संस्थाले सामाजिक सञ्जाल व्यवसायिक पेज, ब्लगहरुद्वारा लक्षित मानिसहरूलाई केन्द्रीत गरी सूचनाहरु प्रवाह गर्दछ । जहाँ अनलाईन प्लेटफर्म र वेभले ई–मुखको उपयोगिता क्षेत्रमा ब्यापकता ल्याइरहेको छ । यो प्रविधि मैत्री प्रवद्र्वन प्रणाली हो । जहाँ मानिसहरूले सजिलैसँग सूचना प्राप्त र ग्रहण गर्न सक्दछन् । अहिले कोरोना भाईरसको महामारीको समयमा व्यवसायिक चहलपहल सामान्यतया न्यून भएको छ ।

मानिस घर,अफिसभित्रै सिमित रहनुपर्ने बाध्यताकारी अवस्था आएको छ । तरपनि मानिसले आफ्नो दैनिक जीवनयापन चलाउन र आवश्यकताको परिपूर्ति गर्न तल्लीन छन् । परिस्थितिले मानिसलाई चासो, चनाखो बनाएको छ । प्रतिफलस्वरुप मानिसहरु प्रविधिमैत्री हुन पुगेका छन् । आफुलाई चाहिने हरेक प्रकारका सूचना र जानकारीहरु ई–मुखबाट प्राप्त गरिरहेका छन् । आफ्नो आवश्यकता पूरा गरेका छन् । आफूलाई जानकार बनाईरहेका छन् ।

सामाजिक सञ्जालका विभिन्न –विभिन्न प्लेटफर्महरु, व्यवसायिक पेज, वेभ पेज आदि विद्युतीय मुखहरु हुन । जसले सम्बन्धित मानिसहरूलाई विभिन्न प्रकारका जानकारी प्रदान गर्दछन् । प्राप्तकर्ताहरुले एकै ठाउँमा बसेर पर्याप्त सूचना ग्रहण गर्न सक्दछन् । समयसमयमा हुने गरेका अध्ययन र अनुसन्धानहरूले ई–मुखको प्रभावकारिता , त्यसको सूचनाको गुणस्तर मात्रा, विश्वसनीयता र सान्दर्भिकतामा भरपर्दछ भन्ने देखाउँछ । जेहोस, आजको प्रविधिको युगमा ई–मुख प्रतिको परनिर्भरता बढिरहेको छ । विशेषतः सामाजिक सञ्जालका प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा यसको उपयोगिता अझै बढ्दै गएको छ ।

विश्वमा अहिले समग्र जनसंख्याको ३ अर्ब ८० करोड मानिसहरु कुनै न कुनै रूपमा इन्टरनेटसँग जोडिएका छन । यसमा पनि फेसबुक, युटब, ईस्टेग्राम, लिंकडिन जस्ता विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरुमा मानिसहरु आकर्षित भइरहेका छन । अधिकतम मानिसहरु आफुसँग भएको सूविधायुक्त मोबाइलबाट सञ्जालमा जोडिने गरेको पाइन्छ ।

ग्लोबल डटकमका अनुसार सन् २०२० को जनवरीसम्म विश्वमा ५ अर्ब १९ करोड मानिसहरु मोबाइल प्रयोग गर्दछन, जहाँ ४ अरब ५४ करोड मानिसहरु इन्टरनेटसँग जोडिएका छन । यसले पनि मानिसहरु ई—मुखतर्फ कति जोडिएका छन भन्ने कुरालाइ प्रतिविम्बित गर्दछ ।

ईन्टरनेटको प्रयोग गरेर मात्र हुँदैन यसको उचित उपयोग महत्वपूर्ण हुन्छ । हालै भएको अध्ययन अनुसार विश्वमा औसतमा मानिसहरु प्रतिदिन ६ घण्टा ४३ मिनेट इन्टरनेटमा बिताउँछन् तर अहिलेको यो महामारीको समयमा प्रयोग गर्ने समय बढेको कुरा सजिलै अनुमान लगाउन सकिन्छ । विश्वव्यापीकरणको प्रविधिमैत्री समयमा विश्वको कुनै एउटा कुनोबाट सजिलैसँग संसारभरिका जानकारीहरु ई—मुखमार्फत प्राप्त गर्न सक्दछन ।

त्यसैले ई—मुखको सूचना प्रवाह तीव्र र ब्यापक छन् । जसले छोटो समयमा बृहत प्रभाव पार्न सक्दछ । नेपालको सन्दर्भमा डिजिटल २०२० तथ्यांङ्क अनुसार समग्र जनसंख्याको एक करोड २१ लाख मानिसहरु कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग गर्ने गरेको देखिन्छ । प्रयोग गर्नेको वृद्धिदर ३ दशमलव २ प्रतिशतले प्रतिवर्ष बढेको देखिन्छ । कोराना महामारीको यो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या अझै बढेको पाइन्छ । इन्टरनेट प्रयोग गर्ने मानिसहरुमध्ये करिब एक करोड फेसबुक, युटब, ईस्टेग्राम, लिंकडिन जस्ता सोसल मिडियाहरु उपयोग गर्ने गरेको पाइन्छन् । यो बढ्नेक्रम अत्यधिक रहेको तथ्यांकले देखाउँछ ।

अझै रोचक कुरा के छ भने नेपालमा जनसंख्याको ४८ प्रतिशतभन्दा बढी मानिसहरुले मोबाईल नम्बरहरु प्रयोग गरेको देखिन्छ । त्यसैले अधिकांश मानिसहरु आफ्नो मोबाइलको सहायताबाट इन्टरनेटको प्रयोग गरेको पाइन्छ । जसमध्ये ९७ दशमलव ४ प्रतिशत मानिसहरु फेसबुक प्रयोग गर्छन भने बाँकी प्रतिशत अन्य सामाजिक संजालका प्लेटफर्महरु प्रयोग गर्छन् । यो प्रतिशत विश्वको औसत प्रयोगकर्ताभन्दा ४ दशमलव ३ प्रतिशतले बढी रहेको छ । यसरी नेपालीहरुको इन्टरनेटमाथिको पहुँच देशको आर्थिक हैसियत र आवश्यकताभन्दा अधिक रहेको पाइन्छ । त्यसमा समय र पैसा खर्च गर्नेक्रम निरन्तर बढिरहेको छ ।

यसरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सकारात्मक एवम् नकारात्मक प्रभाव समेत बढ्दै जान्छ । आजभोलि मानिसहरु प्रत्यक्ष भेटघाट र कुराकानी गर्ने प्रचलन क्रमशः पातलिँदै गएको छ । हरेक कुरामा मानिस यान्त्रीक बन्दै गएकोे छ । मेसिन सिकाईको परम्परा बढेको छ । मानवीय बौद्धिकताभन्दा बनावटी बौद्धिकतामा मानिस केन्द्रीत भएको छ । यसले मानिसको व्यक्तिगत पारिवारिक र सामाजिक प्रणालीमा परिवर्तन गरेको छ । मानवीयता, सामाजिकीकरण निरन्तर क्षयीकरण हुँदै गएको छ ।

मानिसहरु इन्टरनेट र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुरुबाट प्राप्त हुने सूचनाबाट सकारात्मकभन्दा नकारात्मक रुपबाट बढी प्रभावित हुने गरेका छन् । अहिले ई—मुख प्रतिको विश्वसनीयता बढेको छ । व्यवसायिक क्षेत्रमा हरेक व्यवसायिक संगठनहरुले ई—मुख मार्फत लक्षित ग्राहकहरुलाई प्रभावित पारिहेका छन् । अर्कोतिर कोरोनाको यो महामारीमा ई—मुख मार्फत बग्रेल्ती सूचनाहरू प्राप्त गरी मानिस र समुदाय त्रसित बनिरहेका छन् । एउटा सानो परिवेशमा बसेर प्राप्त सूचनाले त्रासदी बढाईरहेको छ ।

एकोहोरो सूचना प्राप्त गरिरहँदा मानिसहरूको सिर्जनशीलता र तार्कीकतामा क्षयीकरण गरेको छ । ई—मुख बन्द गराउने वा कस्तो ई—मुखलाई प्रोत्साहन गर्ने अर्थात् कस्तो ई—मुख विश्वसनीय छ भन्ने कुराको अनुगमन र मापदण्ड नहुँदा यसबाट प्राप्त हुने सूचनाले व्यक्ति र समाजमा अनुकूलभन्दा प्रतिकूल प्रभाव पारिरहेको देखिन्छ । यसमा सहजता र एकोहोरो सूचना प्रणालीले त्रास र वितृष्णा उत्तिकै सिर्जना गरेको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुरुबाट अब मानिसहरुलाई बिमुख गराउन सकिँदैन । अब यसको कुशल व्यवस्थापन हुन आवश्यक छ । विश्वव्यापीकरणको युगमा यसलाई व्यवस्थित र संयमित हुन सकिएमा अनेकौ अवसरहरु प्राप्त हुन सक्दछन् । हेटौँडा-११ नवलपुर निबासी लेखक ढकाल एम्स कलेज बुटवलका प्रमुख हुन् ।

दैनिक पत्र डटकमबाट साभार