बलिउडका अभिनेता अर्जुन कपुरलाई देखियो कोरोना संक्रमण

प्रहर खबर
२१ भाद्र २०७७, आईतवार १५:२१

काठमाडौं – बलिउडका अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आफुलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् ।

अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यस्तै अभिनेता अर्जुनको अर्को नयाँ फिल्म भूत पुलिस को चर्चा छ । यस फिल्ममा उनीसँगै अभिनेता सैफ अली खान पनि देखिदैछन् ।

arjun.PNG