लेखक तथा निर्देशक छेतन गुरुङको निधन

प्रहर खबर
२४ भाद्र २०७७, बुधबार १०:५५

काठमाडौं – चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । निर्देशक गुरुङको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । निर्देशक गुरुङको उपचारकै क्रममा उनको निधन भएको प्रेमगीत–३ का निर्माता सन्तोष सेनले जानकारी दिए । सेनका अनुसार आज उनको अन्तिम संस्कार गरिँदैछ ।

चलचित्र डमरुको डण्डिबियोबाट निर्देशनको यात्रा प्रारम्भ गरेका निर्देशक गुरुङले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३ चलचित्र चलचित्रहरु लेखेका छन् ।

पछिल्लो समय उनी चलचित्र प्रेमगीत–३ कै यूनिटले निर्माण गर्ने नयाँ चलचित्र हु तु तुको स्क्रिप्ट लेखनमा व्यस्त थिए । निर्देशक गुरुङलाई सामाजिक सञ्जालमार्फत अधिकांश कलाकारहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।