आज सुनचाँदीको मूल्य कति ?

प्रहर खबर
२८ भाद्र २०७७, आईतवार १२:०९

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।