अन्तर्वार्ता

ढुक्क हुनुस कपडाको मुल्य बढ्दैनः अध्यक्ष तेजराज अधिकारी

प्रहर खबर
२८ भाद्र २०७७, आईतवार १७:४४

विश्व नै अहिले कोरोना भाइरस कोभिड–१९को संक्रमणको चपेटामा फसेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । बन्दाबन्दीका कारण विभिन्न ब्यवसाय र ब्यवसायीहरु टाट पल्टिएका छन् । भने, नेपालीहरुको महान चार्ड वडादशैसंगै तिहार, छट लगायत पर्बहरु पनि नजिकिदै गरेको छ ।


चार्डपर्बहरु भन्ने बित्तिकै नेपाली समाजमा नयाँ कपडा किन्ने चलन चलिआएको छ । बिशेष त बालबालिकालाई चार्डपर्वहरुले मोहित बनाउने गर्दछ । यस समयमा कपडा किन्नेको ठुलो भिड लाग्ने गर्दछ । कोरोना महामारीबिच नजिकदै गरेको चार्डपर्वलाई मध्यनजर गर्दै बन्दाबन्दीले कपडा ब्यवसायी परेको असर, चुनैती, चार्डपर्वमा कस्तो तयारी रहेको छ भन्ने बिषयमा केन्द्रित रहेर प्रहर खबर डटकमका लागि संजिब रसाईलीले कपडा तथा तयारी पोशाक ब्यवसायी संघका अध्यक्ष तेजराज अधिकारीसंग गरेको कुराकानीः

कोरोना महामारीको कारण कपडा ब्यवसायमा कस्तो असर परेको छ ?
कोरोनाले कपडा ब्यवसाय मात्रै होइन सबै ब्यवसायमा असर पु¥याएको छ । म कपडा ब्यवसायीको हिसाबले भन्नुपर्दा व्यवसायमा अतुलनिय क्षती पु¥याएको छ । कोरोना महामारीबाट व्यवसायीहरु जोगिएर आफ्नो जिविका धान्न व्यवसायलाई निरन्तरता दिन जरुरी छ । तर, तयारी तथा थानका कपडाहरुको आपुर्ती सहज छैन । उपझोक्ताको माग समय अनुसार फरक फरक हुने भएकोले कपडा आपुर्ती सोचे जस्तो छैन ।

लकडाउनको असहज परिस्थितिमा आयात गरिएको कपडा र नेपाली गार्मेन्टहरुले उत्पादन गरेको कपडाले मात्रै अहिले बजार धनिरहेको अवस्था रहेको छ । झन् आउँदै गरेको जाडो मौषमको लागि चाहिने न्याने कपडा कसरी उपलब्ध गाराउने भन्ने चुनौती थपिएको छ ।

कपडा कम आयात भएको कारण मुल्य बढ्ने अवस्था छ वा छैन ?
कपडाको कुनै पनि हालतमा मुल्य बृद्धी भएको छैन । यसमा चाही ढुक्क हुनुस् । पहिलेको तुलनामा कपडा आयतमा लागत खर्च बढी छ । कपडा आयत गर्दा फोटो हेरेको भरमा अनलाइनबाटै ल्याउनु पर्ने भएको कारण केही सामानहरु सोचे जस्तो नहुने र फिर्ता गर्नु पर्ने झनझ्ट ब्योहोरी रहेका छौँ ।

दुई तीन सयमा खरिद गरेर ल्याएको कपडा १५ सय दुई हजारमा बिक्री ग¥यो भने त्यो व्यवसाय की लुट ?
कपडाको व्यापारमा त्यो सम्भव छैन । अझ राज्यको केही अविवेकीपनले कपडा व्यवसायीहरु विभिन्न अनुगमनको नाममा दन्डित हुन परेको छ । उत्पादनको बिन्दु र आयातको बिन्दुमा राज्यले सहि तरीकाले अनुगमन गरिदियो भने सत प्रतिशत कम्प्युटर प्रणाली मार्फत कारोबार गर्न सक्छौँ ।

एउँटा जिन्सको पाइन्ट कुनै ठाउँमा ३र४ हजार पनि पर्छ तर, कुनै ठाउँमा बाह्र पन्ध्र सयमै आउँछ किन ?
अहिले उपभोक्तको खरिद गर्ने क्षमता अनुसारको बस्तु बजारमा सहजै पाइन्छ । उपभोक्ताले कम मुल्यमा गुणस्तरीय सामान खरिद गर्ने इच्छा राख्द छन् । हजार, बाह्र सयको पाइन्ट हेरेर २ हजार २५ सय जाने पाइन्ट मनपराएपछि कसरी समानता पाउन सकिन्छ र ।

दशैतिहार जस्ता चाडबार्ड आउँदै छ, के कसरी उपभोक्ताले गुणस्तरीय मुल्यमा कपडा पाउँछन् त ? कस्तो छ तयारी ?
ढुक्क हुनुस पहिलेको तुलनामा कपडाको मुल्य वृद्धी हुँदैन । अहिलेको अवस्थामा आयात न्यन छ । चार्डपर्वको कारणले माग बढी छ ।अस्वभाविक रुपमा मुल्य वृद्धी नभएकोले कपडाको मुल्य वृद्धी हुने कुरामा चिन्ता लिनु पदैन ।

कोरोना महामारीको कारण कपडा आयात गर्न पहिले जस्तो सहज छैन । ढुवानी लागतको कारण केही मात्रामा कपडाको मुल्य बढ्न गए मात्रै हो । र पनि माग अनुसारको कपडाहरु बजारमा पाइन्छ ।

कपडा व्यवसायीहरुलाई परेको समस्यालाई के कसरी हेरी रहनु भएको छ ?
सरकारले लकडाउनु घोषण गरेको मिती गत चैत्र ११ गते भन्दा १५/२० दिन अघि देखिनै व्यापार भएको थिएन । चाहे थानको होस या रेडिमेट कपडा । कपडाको व्यवसाय गर्दा बिशेष गरी चार्डपर्व, बिवाहको समय र मौसम परिवर्तनको बेलामा मात्रै मुनाफामा जाने अवस्था हो । अन्य समयमा कर्मचारी, कोठाभाडा, बैकको किस्ता, ब्याज ब्यवस्थापन तथा आफ्नो घर ब्यवहार धन्न गाह्रो हुन्छ ।

यो बर्ष बन्दाबन्दीको कारण आम व्यवसायीहरुले घाटामा व्यवसाय गर्न बाध्य छन् । बन्दाबन्दी खुलेको समयमा पनि सायद उपभोक्ताहरुसंग पैसा नभएर होला अघिल्लो बर्षको तुलानामा यस बर्ष खासै कपडा बिक्री नभएको अवस्था छ ।

के ब्यापारै नभएर कपडाको मुल्य घटेको छ त ?
ब्यापारै नभएर बस्नु भन्दा भएको सामान केही कम मुल्यमा बेचेर पेट पाल्नु पर्ने परिस्थित श्रृजना भइरहेको छ । त्यो भएको कारणले मुल्य बढेको छैन ।

भनेपछि ब्यवसाय नगरेर सेवा मात्रै गरेको भन्न खोज्नु भएको हो ?
अहिले सेवा मात्रै होइन की उल्टो व्यावसायमा घाटा परिरहेको अवस्था रहेको छ । अहिलेको अवस्थामा कर्मचारीहरुको तलब दिराखेका छौँ । जस्तै व्यवसायमा भाडा, बैंकको किस्ता ब्याज लगायत सबैको ब्यवस्थापन संगै आफ्नो पनि त जिबिको पार्जन गर्नु प¥यो । यो सबै गर्दा खेरी त्यो धान्नकै लागि जसरी हुन्छ नाफा घाटाको मतलब भएन ब्यवसाय संचालन गर्न पाए भयो ।

यसपाली हाम्रो ब्यवसायी साथीहरुले धेरै दुःख पाउँदै छन् । कोरोना कारणले पाएको दुःख एउटा छदै छ, अर्को उपभोक्ताको समय अनुसार फरक फरक डिजाइनका कपडा लाउने इच्छा हुन्छ । यसपालिको दशै तिहारमा उपभोक्ताको माग अनुसारको कपडा उपलब्ध गराउन सक्ने अवस्था छैन । किनभने नयाँ कपडाहरु कम आयात भएको छ । उपभोक्ताको माग अनुसार त्यो अपुग हुन सक्छ ।

आफ्नो ब्यवसाय संचालन गर्दै आएका हाम्रा ब्यवसायीहरुलाई घरधनीले भाडामा छुट नदिएमा, हामीले सामान किनेर ल्याउने पार्टीहरुले यो अवस्थामा ब्यवहारी रुपमा प्रस्तुत नभइदिएमा र घरजग्गा धितो राखेर ब्यवसाय गर्नलाई लिएको ऋणको किस्ता तथा ब्याज असुलिमा बैक तथा वित्तिय सस्थाहरुले केही सहजिकरण नगर्ने हो भने ब्यवसायीहरु पलाएन हुने अवस्था देखि राखेको छु । हिजो सहज हुँदा व्यवसायबाट कमाएको पैसाले घरधनीलाई घरभाडा, पार्टीलाई भुक्तानी र बैंक तथा वित्तिय संस्थाहरुलाई साँवा र ब्याज समयमा नै दिन सकेका थियौँ । अहिले त्यो अवस्था छैन ।

तपाईलाई ब्यवसायीहरुको नेतृत्वकर्ताको हिसाबले कोरोना नियन्त्रणको लागि नेपाल सरकारले गरेको बन्दाबन्दीको बिकल्प के हुन्छ जस्तो लाग्छ ?
बन्दाबन्दी समस्याको समाधान हुँदै होइन । पहिले ब्यवसायीले बढी साबधानी अपनाउनु पर्ने भन्ने थियो । तर, अब ब्यवसायीले भन्दा पनि उपभोक्ताले बढी साबधानी अपनाउनु पर्ने अवस्था छ । किनकी एउटा सामान किन्नको लागि एक जना भन्दा बढी मानिसहरु आउने गरेको पाइन्छ । जसलाई सामान किन्नु परेको उ बाहेका अरु किन आउनु प¥यो त ? के कोरोना नियन्त्रणको लागि आम जनता तथा उपभोक्ताहरुको भुमिकाको जरुरी छैन ?

ब्यवसायीको साथसाथै उपभोक्ताले पनि सजकता अपनाउनु जरुरी छ । किनकी ब्यवसायीहरु आफ्नो सुरक्षाका साथ दुरी कायम गरी बसिराखेका हुन्छन भने उपभोक्ताहरुले सामान्य सामाजिक दुरी पनि कायम नगरेको अवस्था छ । त्यसैले उपभोक्ताहरुले पनि सचेत भएर साबधानी अपनाउनु पर्ने देखिन्छ । अहिलेको अवस्थामा आफु पनि कोभिड–१९ को संक्रमणबाट जोगिने र व्यवसायलाई पनि जोगाउनु पर्ने भएकोले हाम्रो व्यवसाय निवाद रुपमा सुचारु गर्न पाउनु पर्छ ।

सरकारले साँचै नै कोभिड–१९ को संक्रमण नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सवल बनाउने हो भने पीसिआर परिक्षणको दायरा बढाउने जो ब्यक्तिमा पोजेटिभ देखिन्छ उसलाई आइसोलेशनमा राखी अन्य स्वस्थ ब्यक्तिहरुलाई काम गर्ने वाताबरण बनाउनु पर्छ ।