पिएसजी लगातार पराजित, नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड(भिडियोसहित)

प्रहर खबर
२९ भाद्र २०७७, सोमबार ०९:०७

काठमाडौं – फ्रेन्च लिग वानमा अघिल्लो सिजनको च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति सम्पन्‍न खेलमा पिएसजीलाई उसैको मैदानमा मार्सेलले १–० ले हराएको हो ।

मार्सेलको जीतमा फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड

दोस्रो हाफको इन्जुरी समयमा स्टार खेलाडी नेमारसहित पीएसजीका तीन तथा मार्सेलका दुई खेलाडी गरी पाँच खेलाडीले रातो कार्ड पाएका थिए । झगडामा उत्रिएका कारण दुवै टिमका गरी पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।

नेइमारसँगै पिएसजीका कुर्जावा र पारेडेसले रातो कार्ड पाएका थिए। यस्तै मार्सेलीका अमाभी र बनेडेटोले पनि रातो कार्ड पाए।

मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफुमाथि जातिय टिप्पणी गरिएको बताएका थिए ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा करिब ५ हजार दर्शक उपस्थित रहेको थियो । खेलमा पाँच रातो कार्डसहित १७ कार्ड देखाइएको थियो। २१औं शताब्दीको लिग वानमा यो सर्वाधिक कार्ड देखाइएको खेल हो।

लिग वानको सुरुवाती दुई खेलमा पीएसजीले लगातार हार ब्यहोरेको छ । सन् १९८४–८५ पछि पहिलो पटक लिग वानमा पीएसजी सुरुवाती दुई खेलमा पराजित बनेको हो ।

रुवाती दुई खेलमा पराजय भएको पीएसजी तालिको १८ औं स्थानमा छ । सुरुवाती दुबै खेलमा जित निकालेको मार्सिले भने ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।