मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि, हेटौंडा उपमहानगरका मात्रै ५१ जना(हेर्नुहोस् पुरा बिवरण)

प्रहर खबर
२९ भाद्र २०७७, सोमबार १६:४१

हेटौंडा – मकवानपुरमा आज (सोमबार) थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको १८४ जनाको पीसिआर परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

चौँलागाईका अनुसार हेटौंडा उपमहानगरपालिकाका मात्रै ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साबै भन्दा बढी हेटौंडा– २ र १० का दश/दश जना, हेटौंडा–५ का ९ जना, हेटौंडा–४ का ६ जना, हेटौंडा–१ का ५ जना रहेका छन् । त्यस्तै हेटौंडा–११ का ४ जना, हेटौंडा–९ का ३ जना, हेटौंडा–२,१३,१५ र १६ एक/एक जना गरी हेटौंडा उपमहानगरभित्रका ५१ जना रहेको चौलागाईले बताए ।

त्यस्तै थाहा नगरपालिकाका एक जना, मकवानपुरमा बासेबास गर्दै आएका तीन जना र चितवन राप्ति नगरपालिकाका एक जना रहेका छन् ।

उनीहरु ५ देखी ७८ बर्ष उमेर समुहका रहेका छन् भने महिला २६ र पुरुष ३० जना रहेका छन् ।

हेर्नुहोस् पुरा बिवरण

No description available.