मकवानपुरमा पछिल्लो २४ घण्टामा ७२ कोरोना पुष्टि, हेटौंडा उपमहानगरका मात्रै ६७ जना(हेर्नुहोस् पुरा बिवरण)

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार ०९:३३

हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको १८४ जनाको पीसिआर परीक्षणमा ५६ जना र ५७ जनाको पीसिआर परीक्षण १६ जना गरी पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका मात्रै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन वडामा कतिथपिए

हेटौंडा उपमहानगरपालिका वडा नं.५ का ८ जना महिला र ७ जना पुरुष =१५ जना
हेटौंडा उपमहानगरपालिका वडा नं.२ का ५ जना महिला र ४ जना पुरुष = १० जना
हेटौंडा उपमहानगरपालिका वडा नं.१० का २ जना महिला र ८ जना पुरुष =१० जना
हेटौंडा उपमहानगरपालिका वडा नं.४ का ५ जना महिला र ३ जना पूरष = ८ जना
हेटौंडा उपमहानगरपालिका वडा नं.१ का ५ जना महिला र २ जना पुरुष = ७ जना
हेटौंडा उपमहानगरपालिका वडा नं.११ का ३ जना महिला र ४ जना पुरुष = ७ जना,
हेटौंडा उपमहानगरपालिका वडा नं.९ का २ जना महिला र ३ जना पुरुष =५ जना
हेटौंडा उपमहानगरपालिका वडा नं.८ र १५ का एकएक जना महिला = २ जना,
हेटौंडा उपमहानगरपालिका वडा नं.१३,१६ र १७ का एकएक जना पुरुष = ३ जना

त्यस्तै थाहा नगरपालिका वडा न.६ का एक जना पुरुष, मनहरी गाउँपालिका वडा नं.८ का एक जना पुरुष, मकवानपुरमा बासेबास गर्दै आएका रौतहटका तीन जना र चितवन राप्ति नगरपालिकाका एक जना रहेका छन् ।

उनीहरु एक महिने नाबालक देखी ७८ वृद्धसम्म रहेका छन् भने महिला ३५ र पुरुष ३७ जना रहेका छन् ।

हेर्नुहोस् पुरा बिवरण

No description available.
No description available.