सुनको मुल्य बढ्यो

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार ११:१८

काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कोरोबार भएको थियो।