मकवानपुरमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव ब्यवस्थापन गर्दै नेपाली सेना(तस्बिरहरु)

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार १४:४९

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपनीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका स्थानिय ६८ वर्षीय लाल बहदुर मुक्तानको शव ब्यवस्थापन गर्दै नेपाली सेना ।

सोमबार बिहान दुध पु¥याएर फर्केका ती पुरुष आफ्नो घरमा एक्कासि बिहोस भएर ढलेका थिए ।उनी दम तथा मुटु लगायत अन्य रोगबाट पीडित थिए ।

मृतक पुरुषको भतिजालाई तीनदिन अघि कोरोना पोजेटिभ देखिएको थियो । शंका लागेर स्वाब परीक्षण गर्दा सोमबार बेलुका उनको रिर्पोट पोजिटिभ आएको हो। मकवानपुरमा कोरोनाको कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ ।

तस्बिरः मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको फेसबुकबाट