एउटै वडाका २१ सहित मकवानपुरमा आज एकैदिन ६१ जनामा कोरोना पुष्टि(हेर्नुहोस पुरा बिवरण)

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार १७:४४

हेटौंडा – मकवानपुरमा आज (मंगलबार) थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको १०५ जनाको पीसिआर परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

चौँलागाईका अनुसार मनहरी गाउँपालिकाका २२ जना, हेटौंडा उपमहानगरपालिकाका २१ जना र कैलाश गाउँपालिका दुई जनामा कोरोना पुष्टि भएको हो ।

मनहरी गाउँपालिका वडा न ८ का १० महिला र १० पुरुष गरी २० जना, मनहरी–६र७ का एक/एक जना रहेका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नंं. ८ का ६ जना, हेटौंडा–९ का ४ जना, हेटौंडा–५,६र१७ का तीन/तीन जना, हेटौंडा–१० र ३ का एक/एक जना रहेको चौलागाईले बताए ।

त्यसैगरी कैलाश गाउँपालिका वडा नं. १० का दुईजना रहेका छन । आज थपिएका कोरोना संक्रमित १ देखी ६० बर्ष उमेर समुहका रहेका छन् भने महिला १३ र पुरुष ३२ जना रहेको चौलागाईले जानकारी दिए ।

आज बिहान मात्रै मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाका १५ र मनहरी गाउँपालिका वडा नंं.८ का एक सहित १६ जनामा कोरोना पुष्टि भएको थियो । मनहरी–८ का आज एकैदिन २१ जनामा कोरोना पुष्टि भएको छ । यससंगै आज एकैदिन मकवानपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै मनहरी गाउँपालिका वडा नं. ८ सिमपनीमा कोरोना भाइरसको संक्रमणका कारण स्थानिय ६८ वर्षीय लाल बहदुर मुक्तान मृत्यु भएको छ । यससंगै मकवानपुरमा कोरोनाको कारण १० जनाको मृत्यु भइसकेको छ ।

हेर्नुस आज थपिएका कोरोना संक्रमितको पुरा बिवरण

No description available.
No description available.