कोरोनाका कारण गास खोसिएकाहरुलाई श्रीमतीसंघको साथ

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार १८:२२

हेटौंडा – कोरोनाका कारण समस्यामा परेर गाँस खोसिएकाहरुर्लाइ आज नेपाल राष्टिय भूतपूर्व श्रीमती संघले खाना खुवाएको छ । हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रम मार्फत करिब दुई सय ब्यक्तिहरुर्लाइ खाना खुवाइएको नेपाल राष्ट्रिय भूतपूर्व श्रीमती संघ मकवानपुरकी सचिव लक्ष्मी घिमिरेले जानकारी दिनुभयो ।

No description available.

बिपन्नहरु भोकै बस्न नपरोस् भन्ने उद्देश्यले आफूहरुले एकछान खाना खाने ब्यवस्था मिलाएको पनि उहाँले जाकनारी दिनुभयो । सो अवसरमा नेपाल राष्टिय भूतपूर्व श्रीमती संघकी अध्यक्ष डोल्मा स्यांगबो,कोषाध्यक्ष तीर्था कुमारी खड्का सहित जिल्ला समितिका सदस्य तथा वडा समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

कोरोना त्रासपछिको निशेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी हुप्रा चौरमा खाना खुवाउने कार्यक्रम जारी रहेको र आफूरुले समेत एक छान भनेनि सहयोग गर्न पाउदा खुसी लागेको अध्यक्ष स्यांगबोले बताउनुभयो ।