चट्याङ लागेर १५ जनाको ज्यान गयो

प्रहर खबर
३१ भाद्र २०७७, बुधबार १२:२५

काठमाडौं – अविरल वर्षासंगै परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको छ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएकोअविरल वर्षासंगै परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो ।

भातीय संचारमाध्यका अनुसार यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको मृत्यु भएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

गएको सोमबारदेखि बुधबार बिहानसम्म चट्याङ लागेर मृत्यु हुनेको संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।