भूकम्पको धक्काले घर भत्कियो

प्रहर खबर
३१ भाद्र २०७७, बुधबार १२:३७

बागलुङ – सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर आज विहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।

भुकम्पको धक्काले सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरमा बस्नै नमिल्ने गरी क्षतिभएको छ । परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामापशु चौपया राख्ने गरिएको थियो ।

घर भत्किदा मानवीय तथा पशु चौपयामाभने कुनै क्षति नभएको जिल्लाप्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६.० रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो ।