बालिकामाथि सामुहिक बलात्कार, दुई नाबालक सहित तीन जना पक्राउ

प्रहर खबर
३१ भाद्र २०७७, बुधबार १२:४८

काठमाडौं – १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ८ का १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना रहेका छन् ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले दुई जना बालकसहित तीन जनालाई घरबाटै पक्राउ गरेको हो। पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेका थिए ।

प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताईन्।