डिजेल र मट्टीतेलको मूल्य घट्यो

प्रहर खबर
३१ भाद्र २०७७, बुधबार २०:०४

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले घटाएको छ ।

एक–एक रुपैयाँले घटेको डिजेल–मट्टीतेलको नयाँ मूल्य ९०/९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको हो  ।

यस्तै निगमका अनुसार पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँको मूल्य भने यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।