घट्यो सुनको भाउ, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

प्रहर खबर
१ आश्विन २०७७, बिहीबार ११:११

काठमाडौं – नेपाली बजारमा आज बिहिवार सुनको भाउ प्रति तोलामा ९ सय रुपैयाँ घटेको छ । बिहिवार सुनको भाउ प्रति तोलामा ९ सय रुपैयाँ घटर ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।