मनोनित भएका वामदेवको सपथ आजै हुने

प्रहर खबर
१ आश्विन २०७७, बिहीबार १६:०८

काठमाडौं – राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको आजै सपथ हुने भएको छ।

संघीय संसद सचिवालय सिंहदरबारमा गौतमको सपथ हुन लागेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग गौतमले ४ बजे सपथ ग्रहण गरिने उनले बताए ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमको नाम सिफारिस गरेको थियो। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मनोनयनका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमको मनोनयन गरेकी हुन्।