नेकपा सचिवालय बैठक ११ बजे बस्दै

प्रहर खबर
४ आश्विन २०७७, आईतवार ०९:५८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ । बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु(याउने विषयमा छलफल हुने बताइएको छ ।

तत्कालिन नेकपा ९माओवादी केन्द्र० को मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गरेका थिए। यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आइतबारका लागि सारिएको थियो ।